झापामा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु

न्युजलय ३० मङ्सिर २०७८, बिहिबार १०:२७ मा प्रकाशित

झापा । झापाको कनकाई नगरपालिका–३ मा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । 

बाटो काट्दै गरेकी अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुनसकेको छैन ।

बुधबार राति बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको छ ।