विराटनगर। विराटनगरबाट १ सय ३१ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) सहित प्रहरीले दुई जना पक्राउ गरेको छ ।
बिहीबार विराटनगर –४ नोबेल अस्पताल नजिकबाट सुनसरीको हरिनगरा गाउँपालिका–७ का ५२ वर्षीय हबिब खाँ र हरिनगरा–४ का ३० वर्षीय इरसाद आलमलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमध्ये हबिबको साथबाट १ सय ३१ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाले प्रयोग गरेको को २७ प ६४८१ र बीआर १९ वाई ९५३ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये आलम भारतीय नम्बर प्लेटको मोटरसाइकलका चालक हुन् ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।