विराटनगर कारागारमा कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते

न्युजलय २३ कार्तिक २०७८, मङ्गलबार ०८:१२ मा प्रकाशित

विराटनगर । विराटनगर कारागारमा दुई पक्षबीच झडप भएको छ । झडपमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

दैनिक उपभोग्य वस्तु महँगो भएको विषयमा कैदीबन्दी र डिलरबीच विवाद भएको जनाइएको छ । विवादका क्रममा झडप हुँदा ६ जना सामान्य घाइते भएका हुन् । 

घाइते ६ जनालाई उपचारका लागि कोशी अस्पताल पठाइएको छ । अहिले घटना साम्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानाएको छ ।