मिस प्रदेश ट्यालेन्ट हन्ट रियालिटी सो आयोजना हुने

न्युजलय ९ माघ २०७९, सोमबार ०२:२५ मा प्रकाशित

विराटनगर । मिस प्रदेश  ट्यालेन्ट हन्टको अडीसन राउण्डको लागि अनलाइन फर्म सुरु हुने भएको छ ।

आवेदन फर्म भौतिक रुपमा र अनलाइन दिन सकिने छ ।  प्रदेश १ का प्रतिष्ठित कलेजहरुको समेत  साझेदारी रहेको यस रियालिटी शोमा  प्रदेश १ का १२ जिल्लावाट छानिएका १८ वर्ष देखि २५ वर्ष उमेरका महिला  प्रतिस्पर्धीहरुवाट  उनीहरुको प्रतिभालाई सबैका माझ ल्याउने आयोजक मिडिया ग्यालरी प्रालीले जनाएको छ । 

१५ दिने बन्द प्रशिक्षणको माध्यमवाट उनीहरुको विभिन्न किसिम तथा तालिमद्वारा उनीहरुको  व्यक्तित्व विकास गर्दै प्रतिस्पर्धीको लुकेको  प्रतिभालाई बाहिर ल्याइने छ भने उक्त शोका सम्पूर्ण एपिशोडहरु टेलिभिजन तथा युटुब च्यानल एवं  बिभिन्न माध्यमद्वारा प्रशारण गरिने मिडिया ग्यालरीले जनाएको छ ।

यस रियालिटी सो का बिजेताले नगद पुरस्कार राशीका साथै बिभिन्न किसिममका अवसरहरु पाउने छन्  । नेपालमै पहिलो पटक सुरु हुन लागेको यस किसिमको रियालिटी शो प्रदेश १ संगै अरु ६ वटै प्रदेशमा समेत गरिने आयोजकले जनाएको छ ।