बढ्यो सुनको मूल्य

न्युजलय १६ बैशाख २०७९, शुक्रबार ११:१७ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ शुक्रबार(आज) प्रतितोलामा एक हजार दई सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलाको ९८ हजार रुपैयाँमा कायम भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९८ हजार सात सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने स्थिर छ । बिहीबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।