काठमाडौँ । बिहीबार सुनचाँदीको भाउमा गिरावट आएको छ। सुनको भाउ तोलामा तीन हजार छ सय र चाँदीको एक सय ६५ रुपैयाँ घटेको हो ।
मूल्य घटेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको भाउ घटेर चार हजार सात सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।