सुनको भाउ घट्यो

न्युजलय १७ मङ्सिर २०८२, मङ्गलबार १२:०० मा प्रकाशित

 काठमाण्डौ । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तीन सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको दुई हजार पाँच सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।