घट्यो सुनको मूल्य

न्युजलय २८ बैशाख २०८२, आइतबार १२:५५ मा प्रकाशित

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट भएको छ । आज सुनको मूल्य तोलामा ३०० ले घटेको छ । चाँदीमा भने प्रतितोला १० ले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ९० हजार ५०० कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी एक हजार ९७० मा बेचबिखन भइरहेको छ ।