बढ्यो सुनचाँदीको मूल्य

न्युजलय ९ फाल्गुण २०८०, बुधबार ११:५५ मा प्रकाशित

काठमाडौं । बुधबार(आज) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले बढेर १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।