२०७८ फाल्गुण १३ गते शुक्रवार को राशिफल

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार ०७:१३ मा प्रकाशित

मेष । कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिएला । खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्छ । नयाँ ठाउँमा लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

 

वृष । आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । आकस्मिक धन लाभ हुनसक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

 

मिथुन । शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

 

कर्कट । आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् ।

 

सिंह । आज रमणीय र सुखद् यात्राको योग छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । तीर्थाटनको योग पनि रहेको छ ।

 

कन्या । आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

 

तुला । आज नयाँ कार्यको थालनी हुनसक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । दक्षतामा विभिन्न कार्यहरू पनि सम्पन्न हुनेछन् ।

 

वृश्चिक । अतिथिका रूपमा सम्मान पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । स्वादिष्ट भोजन पनि पाइनेछ ।

 

धनु । आज सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु उचित होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ ।

 

मकर । दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योग पनि छ ।

 

कुम्भ । आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ । पारिवारिक सहयोग मिल्नेछ । कुनै कुराले मनमा शान्ति पनि छाउनेछ ।

 

मीन । आज शुभकार्यको चर्चा चल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।