झापा । मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित एक जना पक्राउ परेका छन् । प्रहरीले विर्तामोड नगरपालिका ५ का २६ वर्षीय अर्जुन सुब्बालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।