काठमाडौं । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ।