सुनको मूल्यमा गिरावट

न्युजलय ९ फाल्गुण २०८१, शुक्रबार ११:३९ मा प्रकाशित

काठमाडौं । आज  सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ७० हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन १ लाख ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।