उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–३ स्थित मंगलबारे नजिकै भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
बिहिबार दिउसो पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबहाक बसले प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।
मृतक स्कुटर चालक झापा कमल गाउँपालिका–२ का ३४ वर्षीय पवन सुबेदी रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । दुर्घटना लगत्तै बसले लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना भएको भन्दै आक्रोशित भिडले सो बसमा आगजनी गरेका थिए ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको उर्लाबारी प्रहरीले जनाएको छ ।