ओरालो लाग्यो सुनको भाउ

न्युजलय ५ चैत २०८०, सोमबार १२:२९ मा प्रकाशित

काठमाडौं । सुन सोमबार(आज) ५ सय रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा सोमबार १ लाख २४ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ 

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार अघिल्लो दिन तोलाको १५३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५२० रुपैयाँमा कायम भएको छ ।