ओखलढुङ्गा । ओखलढुङ्गाको चिशङ्खुगढी–६ भदौरेमा ८१ वर्षीय चन्द्रविक्रम राई र उनकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको बीभत्स हत्या भएको छ।
राई दम्पतीको गएराति हत्या भएको हो। पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो।
उनीहरुको हत्या पश्चात मृत्यु भएको खबर आज बिहान प्रहरी चौकी निशङ्खेमा जानकारी प्राप्त भएको थियो।