सुनको मूल्य घट्यो

न्युजलय २३ पुस २०८२, बुधबार ११:४९ मा प्रकाशित

काठमाडौं । सुनको भाउ बुधबार सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ४०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ६७ हजार ७०० कायम भएको हो।

मंगलबार ३ हजार १०० रुपैयाँले बढेर प्रतितोला सुन २ लाख ६८ हजार १०० पुगेको थियो। 

सुनको भाउ घटेसँगै चाँदी पनि सस्तिएको छ। आज प्रतितोला चाँदी ४ हजार ९३५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।