मेची राजमार्गको फुङलिङ–काबेली खण्ड पहिरोका कारण बन्द

न्युजलय ११ साउन २०८०, बिहिबार ०२:५२ मा प्रकाशित

ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङलिङ–काबेली खण्डको खोक्से क्षेत्रमा गए राति गएको पहिरोका कारण सडक बन्द भएको छ ।

गए राति झरेको पहिरो पन्छाउन शुक्रवारसम्म लाग्न सक्ने सडक डिभिजन कार्यालय इलामले जानकारी दिएको छ ।

पहिरोमा ठुलाठुला ढुङ्गा आएकोले एक्स्काभेटर नै झिकाउनुपर्ने अवस्था आएको बताइएको छ । सडक डिभिजन कार्यालय इलामबाट एक्स्काभेटर झिकाउनुपर्ने भएकाले सडक खुल्न ढिला हुने भएको हो ।

अहिले बाटो बन्द भएपछि झापाको बिर्तामोड, इलाम, पाँचथर जिल्लाका साथै विभिन्न क्षेत्रबाट आएका बस, जीप र ट्रक बीच बाटोमै रोकिएका छन् ।