भारतीय रक्षा प्रमुख रावत दम्पतीको अन्त्येष्टी, दुई छोरीले दिए दागबत्ती

न्युजलय २४ मङ्सिर २०७८, शुक्रबार ०७:११ मा प्रकाशित

काठमाडौं । भारतीय रक्षा प्रमुख बिपिन रावत र उनकी श्रीमती मधुलिकाको शुक्रबार अन्त्येष्टी गरिएको छ।


दिल्लीको कैन्ट क्षेत्रमा अन्तिम संस्कार गरिएको बीबीसी हिन्दीले जनाएको छ। रावतका दुई छोरी क्रितिका र तारिणी रावतले दागबत्ती दिएका थिए।


गत बुधबार सैन्य हेलिकप्टर दुर्घटना हुँदा रावतसँगै १३ जनाको मृत्यु भएको थियो।


अन्तिम संस्कारका लागि भारतीय रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाहजस्ता शीर्ष नेता अन्त्येष्टीस्थल पुगेका थिए।