इटहरी । कोसी प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै पहिचानवादी संगठनहरुले इटहरी उपमहानगरपालिकामा गरेको तालाबन्दी पाँच मिनेटमै फोडिएको छ ।
प्रदेशभरीका स्थानीय तहहरु बन्द गराउने अभियानमा रहेको समुहले इटहरी उपमहानगरपालिका बन्द गराउन खोजेको थियो ।
‘पहिचान विरोधी होशियार,’ ‘पहिचान मेट्न पाइदैँन,’ ‘प्रदेशको नाम खारेज गर’ जस्ता नारा लगाउँदै उपमहानगरमा गरिएको तालाबन्दी फोडिएको हो ।
पहिचान पक्षधरले मंगलबारदेखि स्थानीय तहका कार्यालयहरु बन्द गराउन थालेका छन् । मंगलबार नै विराटनगरमा गरेको प्रदर्शनका क्रममा भएको झडपमा २२ जना घाइतेसमेत भएका थिए ।