इटहरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
४३७ जनाको पीसीआर परीक्षण गर्दा २० र १०५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १५, सुनसरीमा २, झापा, भोजपुर र सङ्खुवासभामा १–१ जनामा सङ्क्रमण भएको हो ।
प्रदेश १ मा आज १८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ९ महिला र ९ पुरुष रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ९८ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।