सुनको मूल्य बढ्यो

न्युजलय २९ माघ २०८१, मङ्गलबार ११:३४ मा प्रकाशित

काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज सुनको मूल्य प्रतितोला छ सय बढेको हो । सोमबार प्रतितोला एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।