मलेसियामा आकर्षण तलबसहित पुरुष कामदारको माग

न्युजलय ११ असोज २०७९, मङ्गलबार ०३:५२ मा प्रकाशित

 काठमाडौं । मलेसियाले नेपाली कामदारको माग गरेको छ । मलेसिया सहरमा रहेको एक कम्पनीले २०० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । कर्मचारी बस्ने सुविधा भएपनि खाना व्यवस्था भने कामदार आफैँले गर्नुपर्नेछ । 

कामदारले बस्ने सुविधासहित मासिक तलब ४२ बढि पाउनेछ । 

स्वदेशमा हुने मेडिकलको खर्च र स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।