ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट, २० लाख बराबरको क्षति

न्युजलय १४ जेठ २०८०, आइतबार ०६:२४ मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङमा आगलागीबाट एक घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको छ ।

शनिबार भएको आगलागीबाट फुङ्लिङ नगरपालिका–८ का पदमसुन्दर पालुंवाको घर जलेर नष्ट हुँदा करिब रु २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पालुंवाको कच्ची तीनतले घरमा आगो लाग्दा घरभित्र रहेका अन्नपात, लत्ताकपडा, गरगहना, नगद रु ९० हजारसहितका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

अचानक भएको आगलागी समयमै नियन्त्रणमा नआएकाले पूर्णरूपमा घरसहित घरभित्र रहेका सामान जलेर नष्ट भएको हो ।

नेपाल प्रहरीसहित स्थानीयको सहायतामा करिब एक घण्टापछि मात्र आगो नियन्त्रणमा आएको थियो ।