आजको सुनको मूल्य

न्युजलय २९ माघ २०८०, सोमबार ०५:१५ मा प्रकाशित

काठमाडौं । सोमबार(आज) सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

यस्तै, सोमबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।