फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

न्युजलय २७ फाल्गुण २०७९, शनिवार ०२:५६ मा प्रकाशित

काठमाडौं । अभिनेत्रीद्वय शुभेक्षा खड्का र सृष्टि श्रेष्ठ तथा अभिनेता अरुण क्षेत्री स्टारर त्रिकोणात्मक प्रेमकथाको फिल्म ‘प्रेमा’को ट्रेलर सार्वजनिक गरिएको छ। 

आगामी चैत १७ गतेदेखि प्रदर्शन हुने फिल्मको ट्रेलर बाघठाटा फिल्म फ्याक्ट्री युट्युब च्यानलमार्फत शु्क्रबार सार्वजनिक गरिएको हो। ट्रेलरमा अरुण क्षेत्री, सुभेक्षा खड्का र सृष्टि श्रेष्ठबीचको त्रिकोणात्मक प्रेमकथा देखाइएको छ। 

गोविन्द सिंह भण्डारी लिखित तथा निर्देशित फिल्म ‘प्रेमा’ निर्माणमा सिंहसँग विवेक घिमिरेले सहकार्य गरेका छन्। 

फिल्ममा अरुण, सुवेक्षा र सृष्टिसँगै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया ९काजु० लगायत कलाकारको अभिनय छ।

महेश पौडेलले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।