नेप्से ३२ अंकले बढ्यो

न्युजलय १९ पुस २०७८, सोमबार ०९:२३ मा प्रकाशित

काठमाण्डौ । सोमवार(आज) शेयर बजारमा ३२ अंकको वृद्धि भएको छ ।

नेप्से परिसूचक ३२.०३ अंकले बढ्दै सोमवार २६१६.९४ विन्दुमा पुगेको छ ।

यस दिन ठूला कम्पनीको मापक सेन्सेटिभ परिसूचक ५.८६ अंकले बढ्दै ४८७.८७ विन्दुमा पुगेको छ । 

आज २ सय ३० कम्पनीको ८२ लाख ५ हजार ५२ कित्ता शेयर ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १७८ रुपैयाँ बराबरमा किनबेच भएको छ ।