इटहरी । इनरुवा नगरपालिका – ५ स्थित तरकारी बजारमा नक्कली नोट दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार इनरुवा –१० बस्ने वर्ष २५ का आजाद मियालाई चेकजाँच तथा खानतलासी गर्दा उनको साथबाट पाँच सय दरका नक्कली नोट ८ थान गरी जम्मा चार हजार बरामद गरिएको हो।
बरामद नोटसहित उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।