काठमाडौं । बिहीबार(आज) सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको भन्दा तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य एक लाख १० हजार ७ सय, तेजाबी सुनको मूल्य एक लाख १० हजार १५० कायम भएको छ । यस्तै चाँदीको मूल्य १३ सय ९५ रुपैयाँ प्रतितोला कायम भएको छ ।