विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धरान –१५ बस्ने ३३ वर्षीय खेम चन्द्र राई, सोही उपमहानगरपालिका–८ बस्ने ३१ वर्षीय रवी चन्द्र राई, उदयपुर गढी गाउँपालिका–८ बस्ने २५ वर्षीय इन्द्र बहादुर तामाङ, नुवाकोट बिदुर नगरपालका–५ बस्ने २४ वर्षीय सुजित डंगोल र मोरङ बेलबारी नगरपालिका–४ बस्ने २४ वर्षीय सञ्जीव राई रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार खेम चन्द्र र रवी चन्द्रलाई १ ग्राम ५८ मिलिग्राम, को १ ह ६३९५ नम्बरको टेम्पोमा सवार इन्द्र बहादुर र सुजित डंगोललाई २२ ग्राम ३४ मिलिग्राम तथा प्रदेश १–०१–०१४ प ९८४५ नम्बरको स्कुटरमा सवार संजिवलाई २ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।