सप्तकोसीमा यस वर्षकै उच्च बहाव

न्युजलय २४ साउन २०८०, बुधबार ०६:५१ मा प्रकाशित

सुनसरी । लगातारको वर्षाले सप्तकोसी नदीको बहाव यो वर्षकै उच्च तहमा पुगेको छ । सहायक नदीहरुमा आएको बाढी र लगातारको वर्षाले कोसीको बहाव बढेको हो ।

मंगलबार सांझको मापनअनुसार प्रतिसेकेन्ड २ लाख २३ हजार ७६० क्युसेक बहाव रहेको कोसी ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ।

यो वर्षकै उच्च बहाव हो । कोसीमा बहाव अझ बढ्ने सम्भावना रहेकाले अहिले ५६ वटा ढोकामध्ये २७ वटा खोलिएको कक्षका प्रावधिकिले जानकारी दिए ।

कोसीमा लगातार बहाव बढ्न थालेपछि खतरा सूचक रातो झण्डासमेत लगाइएको छ ।