कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार ०९:०० मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।


पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी नजिकै से १ त ३८४१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ पिपरैयाका द्रोपती राना, रतना कुमारी राना र रानी रानाको ज्यान गएको प्रहरीले जनाएको छ ।


दुर्घटनाका घाइतेहरूको कैलालीको धनगढीमा उपचार भइरहेको छ ।