इटहरी । प्रदेश १ मा आज २३ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा सङ्क्रमण देखिएको हो ।
प्रदेश १ मा आज २२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ६ महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।