‘कबड्डी ५’को घोषणा

न्युजलय १३ असोज २०७९, बिहिबार ०१:०६ मा प्रकाशित

काठमाडौं । ‘कबड्डी ४’लाई फिल्मको अन्तिम श्रृंखला भनिएको थियो । तर , चौथो श्रृंखला नै ‘कबड्डी’को अन्तिम सिरिज होइन ।

फिल्मको पाँचौं सिक्वेललाई लिएर महत्वपूर्ण विकास भएको छ । पाँचौं श्रृंखला बन्नेछ र पटकथा लेखनको प्रक्रिया सुरु भएको छ ।

फिल्मको पाँचौं श्रृंखला सन् २०२४ मा रिलिज गर्ने गरी तयारी अगाडि बढाइने भएको छ । निर्माता तथा निर्देशक रामबाबु गुरुङले दुई वर्षमा रिलिज हुने गरी आफूहरुले योजना बनेको बताए ।

‘काजी पात्रलाई अझै दुई वर्ष अन्तरको समय चाहिने देखियो । त्यसबीचमा उक्त चरित्रको जीवनमा आउने उतारचढावलाई हामीले पर्खिएका छौं,’ निर्देशक गुरुङले बताए । 

‘कबड्डी ४’ फिल्मको अन्त्यमा काजी र शान्ति मिस एक भएको देख्न सकिन्छ ।