आजको सुनचाँदीको मूल्य

न्युजलय ८ साउन २०८१, मङ्गलबार ११:१३ मा प्रकाशित

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ४६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४५ हजार ६ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।