काठमाण्डौ । मंगलबार(आज) सुनचाँदीको भाउ घटेको छ।
आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा सात सय रूपैयाँ कम हो। सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९८ हजार सात रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।