बालेन शाह आज झापा जाने

न्युजलय ९ फाल्गुण २०८२, शनिवार ११:३५ मा प्रकाशित

काठमाडौँ । चुनावी कार्यक्रमका दौरान अस्वस्थ भएका रास्वपा नेता बालेन शाह स्वास्थ्यलाभपछि आज झापा जाने भएका छन् ।

उनी बेलुकीसम्म दमक पुग्ने कार्यक्रम छ । चुनावी कार्यक्रमका क्रममा सुर्खेतमा अस्वस्थ भएपछि त्यसपछिका कार्यक्रम स्थगित गरी उनी काठमाडौँ फर्किएका थिए । 

काठमाडौँमा दुई दिनको उपचारपछि घरमै आराम गरेका उनी पूर्णतः स्वस्थ्य भएका छन् ।