उदयपुरमा एक महिला बलात्कृत

न्युजलय ३ साउन २०८०, बुधबार ०३:२८ मा प्रकाशित

उदयपुर । उदयपुरमा घरमा सुतिरहेकी एक महिला बलात्कृत भएकी छन् । 

आफ्नै घरमा सुतिरहेका बेला ५५ वर्षीया महिलालाई स्थानीय पुरुषले बलात्कार गरेका हुन् । यस घटनामा प्रहरीले त्रियुगा नगरपालिका –६ गडमेका ३५ वर्षीय जीवन कार्कीलाई पक्राउ गरेको छ । 

कार्कीले ती महिलालाई आफ्नै घरभित्र सुतिरहेको अवस्थामा करणी गरेको जाहेरीका आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको टोलीले आज बिहान नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीले उक्त घटनाको सम्बन्धमा थप जाँचबुझ गरिरहेको छ ।