जनकपुरधाम । आँखा पाक्ने रोग(एडिनो भाइरस कन्जन्टिभाइटिस) को प्रकोप बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरू एक साताका लागि बन्द भएका छन्।
जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द गरेको हो।
एक साताका लागि जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय एवम् शिक्षण संस्थाहरू बन्द गरिएको निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ।