झापामा ९ वर्षीया बालिका बलात्कृत

न्युजलय २६ असार २०८०, मङ्गलबार ०१:१८ मा प्रकाशित

 झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

गौरदह नगरपालिका–९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।