धनगढी । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार राति अनसन तोडेका हुन् । अनसन बसेका डा. केसी र सरकारविच सोमबार राती सहमति पत्रमा हस्ताक्षर भएको हो ।
केसीले अनसन सुरुगर्दा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नियुक्त भएका उपकुलपति र रजिष्ट्रारलाई हटाउनुपर्ने केसीको मुख्य एजेण्डा रहेको थियो । केसीको एजेण्डामा दुई दिन सम्म सरकारी टोलीसंग वार्ता भएपनि अन्ततः सो एजेण्डालाई जोडेर सहमति भएको हो ।
सहमति संगै बाजुराको गौमुल गाउँपालिका–२ का ४२ बर्षिय चक्रबहादुर धामीको हातबाट जुस पिएर केसीले आफुनो ५ दिने अनसन समेत तोडेका छन् ।
सहमतिपत्रको पहिलो भागमा कैलालीको गेटामा ’शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ अन्तर्गत कम्तिमा तीन सय शय्याको शिक्षण अस्पताल तत्काल सञ्चालन गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सुरु गर्ने ।
ऐन संशोधन प्रक्रिया ३ महिनाभित्र अगाडि बढाउने र चिकित्सा क्षेत्रलाई क्रमशः गैर–नाफामूलक बनाउन ६ महिनाभित्र कार्यदल गठन गर्ने उल्लेख छ ।