पोलियो सचेतनाको लागी कार र्याली

न्युजलय १० कार्तिक २०८२, आइतबार ११:१७ मा प्रकाशित

इटहरी l विश्व पोलियो दिवसको अवसरमा शुक्रबार इटहरीमा रोटरी क्लब अफ इटहरी र रोटरी क्लब अफ इटहरी युगलको संयूक्त आयोजनामा ‘पोलियो अन्त्य गरौँ’ भन्ने मुल नारा सहित वृहत कार ¥याली सम्पन्न भएकोे छ । अक्टोवर २४ तारिखका दिन नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस अभियानमा रोट¥याक्ट क्लब अफ इटहरी र रोट¥याक्ट क्लब अफ सुनसरीको समेत सहभागिता रहेको थियो । पोलियो रोग विरुद्ध जागरूकता जगाउने उद्देश्यले ¥याली आयोजना गरिएको हो ।

पोलियो एक घातक भाइरल रोग हो जुन एक समय विश्वभरका बालबालिकाहरूमा पक्षघातको प्रमुख कारण थियो । पोलियो रोग दुषित खाना र पानीको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो। पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भीर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ।

रोटरीले युनिसेफलाई १ अर्ब डलरभन्दा बढी योगदान गरेको छ र १२२ देशका ३ अर्बभन्दा बढी बालबालिकालाई खोप लगाउन मद्दत गर्न अनगिन्ती स्वयंसेवक घण्टा खर्च गरेको छ । प्रत्येक वर्ष, युनिसेफले विश्वव्यापी रूपमा ४० करोडभन्दा बढी बालबालिकालाई पोलियो विरुद्ध खोप लगाउन मद्दत गरिरहेको छ । रोटरीको सहयोगले युनिसेफलाई विश्वभरका देशहरूमा सुरक्षित खोपहरू आपूर्ति गर्न र आमा, बुबा र अन्य हेरचाहकर्ताहरूमा पोलियो खोपमा विश्वास र विश्वास निर्माण गर्न स्थानीय समुदायहरूसँग संलग्न हुन अनुमति दिएको छ । रोटरी इन्टरनेशनल र विश्वभरका रोटेरियनहरू जस्ता साझेदारहरूको कारणले यो रोग सन् १९८८ देखि, पोलियोबाट प्रभावित बालबालिकाको संख्या ९९.९ प्रतिशतले घटेको छ ।

तर ३७ वर्ष बितिसक्दा पनि यो रोगका पृथक क्षेत्रहरू अझै पनि छन् । र प्रत्येक अन्तिम केस हटाइएन भने, संक्रमण फेरि आउने सम्भावना सधैं रहनेछ । पोलियोको अन्तिम केस सन् २०१० मा रौतहट जिल्लामा पत्ता लागेको थियो, र चार वर्ष पछि नेपाललाई अन्ततः पोलियोमुक्त घोषणा गरिएको थियो ।

दिवसको अवसरमा रोटरी क्लब अफ इटहरीका अध्यक्ष रोटरियन डिसी चौधरीले पोलियो उन्मूलन गर्ने महान अभियानमा संलग्न हुनु भनेको आफ्ना बालबालिकालाई एक वर्ष उमेरभित्र एकएक महिनाको फरकमा तीन पटक पोलियो थोपा खुवाउनु र सरकारले प्रदान गर्ने सबै खोप लगाउन समेत अनुरोध गरेका छन् । भाइरल रोग उन्मूलन गर्न सबै एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

नेपालमा पाँच वर्ष मुनिका बालबालिकालाई मुखबाट र सुइबाट दुई तरिकाले पोलियोविरुद्धको खोप प्रदान गरिँदै आइएको छ । मुखबाट खुवाइने खोप (ओरल पोलियो भ्याक्सिन) तीन पटक जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्ताको उमेरमा तथा सुईबाट दिइने खोप (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) दुई पटक १४ हप्ता र ९ महिनाको उमेरमा दिने गरिन्छ । पोलियोबाट बच्नका लागि पोलियोविरुद्धको खोप नै लगाउनु रहेको छ । पोलियोबाट बच्नका लागि व्यक्तिगत सरसफाइ, शुद्धीकरण गरिएको पानी र स्वच्छ खानामा पनि विशेष ध्यान दिनुपर्दछ ।

रोटरी इन्टरनेशनलले सन् १९८५ मा पोलियो प्लस कार्यक्रम शुरुवात गरेको थियो र आजका दिन सम्म विश्वबाट पोलियो रोग उन्मुलन गर्न सहायोग गरिहेको छ । सोहि कुराको जनचेतना जगाउन हेतु आज वृहत कार ¥यालीको आयोजना गरिएको हो । सो वृहत कार ¥याली ४० वटा कारहरु पोलियो उन्मुलन सम्बन्धि व्यानरहरु टाँसी गरिएको थियो भने पोलियो सन्देश माइकिङ्ग समेत गरिएको थियो ।

सो वृहत कार ¥याली इटहरी रंगाशालाबाट शुरु भई इटहरीको गालो चौक हुदै पश्चिममा राजश्व अनुसन्धान कार्यालय हुँदै हलगडाबाट तरहरा र फेरी इटहरी गाोल चौक हँुदै परणामी मन्दिरको प्राङ्गमा पुगेर कोण सभामा परिणत भई सकिएको थियो ।

कार्यक्रममा रोटरी क्लवका पुर्व अध्यक्षहरु अनन्त विष्ट, लक्ष्मी धिताल, लक्ष्मी कुमारी थेवे, अनिता अधिकारी, संजोग पराजुली, सविना शोभा कोइराला, कृष्णराज श्रेष्ठ सहित सहभागिता रहेको थियो भने कार्यक्रमको संयोजन क्ल्बका आगामी वर्षको निर्वाचित अध्यक्ष रोटरियन चेतन धमलाले गर्नु भएको थियो ।