ताप्लेजुङमा दुई जना पुरुषको शव फेला

न्युजलय २० चैत २०७९, सोमबार ०२:४७ मा प्रकाशित

 ताप्लेजुङ । ताप्लेजुङका दुई ठाउँमा दुई जना पुरुषको शव फेला परेको छ । 

रौतहटको चन्द्रपुर नगरपालिका घर भएका विशाल थापाको शव सिरिजङ्घा गाउँपालिका पुछार काबेली खोलाको बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

सुपर काबेली हाड्रोपारमा एक्स्काभेटर चालकको रूपमा काम गर्ने थापामा राति बरबराउने समस्या थियो ।

यस्तै फुङलिङ नगरपालिका –२ देवलिङ्गे बस्ने ३४ वर्षका कुमार विकको शव सिम्ले नजिकैको सडक किनारमा भेटिएको छ ।

शवको पोस्टमार्टमपछि परिवारलाई जिम्म लगाइने र घटनाको अनुसन्धा भइरहेको प्रहरीले जनाएको छ ।