ब्राउन सुगरसहित इटहरीका सन्तोष पक्राउ

न्युजलय १६ मङ्सिर २०७८, बिहिबार ०४:४३ मा प्रकाशित

इटहरी । इटहरीमा लागुऔषध खैरोहिरोइनसहित एक युवक पक्राउ परेका छन् । इटहरी–४ पान्धारेका ३० वर्षका सन्तोष श्रेष्ठ हुन् ।

उनलाई इटहरी–६ बाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठले प्रयोग गरेको प्रदेश नम्बर १–०२–०४३ प १५२ नम्बरको स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको । 

उनीविरुद्ध थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।