काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा चार लाख युवा विदेशिएका छन् । रेमिट्यान्स पनि गत वर्षको तुलनामा २४ वर्षले बढेको छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह २४ प्रतिशतले बढेको छ । पुससम्ममा गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेको छ । पुसम्म २ लाख ७५ हजार ६४३ जना श्रमिक नयाँ भिसा लिएर विदेशमा पुगेका छन् ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।