मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

न्युजलय २० पुस २०७८, मङ्गलबार ११:३६ मा प्रकाशित

काठमाडौं । भारत, उत्तर प्रदेशको सुल्तानपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार गरिएको छ ।

भारतीय कांग्रेसकी नेत्री रीता यादवलाई सोमबार अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली उनको खुट्टामा लागेको थियो । घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी उनको अहिले सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

बीबीसी हिन्दीका अनुसार गएको नोभेम्बर १६ तारिखमा प्रधानमन्त्री मोदी पूर्वाञ्चल एक्सप्रेसमार्गको उद्घाटन गरेर कुरेभारस्थित अरवल किरीमा सभा गरिरहेका थिए । सोही बखत रीता यादवले उनलाई कालो झन्डा देखाएकी थिइन् ।

प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राखेको थियो । दुई दिनपछि उनी जमानतमा रिहा भएकी थिइन् ।