सुष्मा तिवारी बचाउ अभियान सुरु, सहयोग गरिदिन आग्रह

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार १२:३८ मा प्रकाशित

 खोटाङ । खोटाङको ऐसेलुखर्क महेन्द्र मा.बि कक्षा ९ मा अध्यनरत सुस्मा तिवारीको जिब्रो सामान्य मानिसको भन्दा ठूलो भएको छ ।

अप्रेसन गर्दा जिब्रो निको हुने भएपनि आर्थिक अबस्था कमजोर भएको कारण उपचार खर्च जुटाउन समस्या भएकाले गर्दा परीवारले सहयोगको लागि आग्रह गरेका छन् ।

तिवारीको जिव्रो उमेर सगैँ बढ्न थालेपछि समस्या भएको छ । डाक्टरका अनुसार यो ट्युमर भएको र नशा खुम्चिएकाले जिब्रो को अप्रेसन गर्दा निको हुन्छ ।

अप्रेसन गर्दा छ लाख देखि सात लाख सम्म लाग्ने र यसको उपचार काठमाडौं मेडिकल कलेजमा सम्भब हुने डाक्टरहरुले बताएका छन् ।

यहि मंसिरको १८ गते देखि २० गतेसम्म अप्रेसन को तयारी गर्नु पर्ने भएता पनि आर्थिक अभावको कारण समस्या भएपछि सुष्मा तिवारी बचाउ अभियान सुरु गरीएको छ । 

आफ्नी छोरीको उपचारमा सकेको सहयोग गरिदिन सुस्माका बुवाले आग्रह गरेका छन् । मोवाईल नं ९८६१९०८८६३ मा संपर्क गरी आर्थिक सहयोगको लागि बिरामीको बाबुसंग सम्पर्क समेत गर्न सकिने छ ।

थप जानकारी तथा सहयोगको लागि ९८५२०३४२४५ र ९८४२१८०६९१ मा संपर्क गरि गम्भीर रोगबाट पिडित भएकी तिवारीको उपचारमा सहयोग गर्न सकिने परीवारले जनाएको छ ।