काठमाडौं । सुनको मूल्यमा आज पनि गिरावट आएको छ। बुधबार १ हजार १०० ले घटेको सुन आज १ हजार ४०० रुपैयाँले घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ हजार ४०० ले घटेर प्रतितोला २ लाख ५९ हजार ६०० कायम भएको छ। अघिल्लो दिन एक तोला सुनको मूल्य २ लाख ६१ हजार पुगेको थियो।
यस्तै चाँदी भाउ पनि घटेको छ। ५५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ पुगेको छ।