काठमाडौं । फिल्म ‘सरी मम’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म माघ ५ गते प्रदर्शन हुने निर्माताले जानकारी दिएका छन् ।
निर्माताले मंगलबार ट्रेलर सार्वजनिक गर्दै नयाँ मिति घोषणा गरेका हुन् । लागुऔषधले परिवार, समाज र व्यक्तिको निजी जीवनमा पार्ने असरको कथा पेस गर्ने फिल्मलाई नवीन बोगटीले निर्देशन गरेका हुन् ।
फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिश राई लगायतको अभिनय छ । फिल्मको निर्माण र प्रदर्शनमा जेसिज, नार्कोनान, प्याब्सन, एन प्याब्सन, हिसान, शिक्षक महासंघले सहकार्य गरेका छन् ।