काठमाडौँ । बिहीबार सुनचाँदीको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन ३ लाख ११ हजार ३ सय रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ११ हजार १ सय रुपैयाँ छ ।
त्यस्तै चाँदीको भाउ तोलामा ८५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार ३७० रुपैयाँ रहेको चाँदी आज ५ हजार २८५ रुपैयाँमा झरेको छ ।